Logo

यसकारण ओली भेट्न गएनन् नेपाल



काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला अस्पतालमा छन् । एपेन्डिसाईटिसको शल्यक्रियापछि अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री ओली अब डिस्चार्ज गर्ने तयारीमा जुटेका छन् । अस्पतालमा उपचार गराईरहेका ओलीलाई भेट्न पार्टीका नेता तथा कार्यकर्ताहरुको अस्पतालमा ओइरो लागेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमेत प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्न अस्पतालमै पुगेकी थिईन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालले त दुई पटक भेटे । दाहालले प्रधानमन्त्रीको स्वास्थ्यबारे देशबासीलाई जानकारी समेत गराएका थिए । अरु थुप्रै नेता तथा कार्यकर्ता प्रधानमन्त्री ओली भेट्न अस्पताल पुगेको अवस्थामा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल भने अहिलेसम्म भेट्न पुगेनन् ।

यद्धपी नेता नेपालले पनि ओलीलाई भेटेरै स्वास्थ्यलाभको कामना गर्न चाहेका थिए । तर, ओलीले कतै आफूलाई पहिलेझैं तुच्छ वचन लगाउने हुन किन भन्ने उनलाई भय छ । स्रोतकाअनुसार नेता नेपालले ओलीलाई भेट्न जान चाहेपनि कतै ओलीले आफूलाई केही वचन लगाउने त होईनन् ? भन्ने गुनासो पोख्ने गरेका छन् ।

गत भदौ ५ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली र नेता नेपालबीच बैठकमै चर्काचर्की र भनाभन भएको थियो । उक्त बैठकमा नेता नेपालले ओलीलाई स्वास्थ्यलाभको कामना गरेका थिए । तर, ओलीले आफूलाई स्वास्थ्यलाभको कामनाको जरुरत नभएको भन्दै कडा जवाफ दिएका थिए ।

त्यसयता यी दुई नेताबीच खासै राम्रो सम्बन्ध छैन् । भदौ ५ गतेको सचिवालय बैठकमा नेता नेपाललाई ओलीले वचन लगाएपछि बैठकमा उपस्थित् अरु सदस्यहरुले प्रधानमन्त्री ओलीलाई नै गाली गरेका थिए । स्वास्थ्यलाभको कामना गर्दापनि नलिनु राम्रो नभएको उनीहरुको भनाई थियो ।

ओली सिंगापुरमा उपचार गराई फर्किएको दुई साता बित्दापनि ओली र नेता नेपालबीच कुराकानी भएको थिएन् । तर, प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पूनर्गठन गर्नुभन्दा अघि नेता नेपालसँग लन्च खाँदै चार घण्टा लामो वार्ता गरेका थिए । दुई नेताबीच लामो समयको मन माझामाझपछि सम्बन्ध सुध्रिएको आँकलन गरिएको थियो । तर, अहिलेसम्म उनीहरुबीच सम्बन्ध नसुध्रिएको पुष्टि भएको छ ।

प्रधानमन्त्री ओली सिकिस्त भएर अस्पताल भर्ना हुँदापनि नेता नेपाल उनलाई भेट्न नजानुको कारणपनि उनीहरुबीचको सम्बन्ध सुमधुर नभएको प्रमाण हो । आखिर ओलीलाई भेट्न नेता नेपाल किन गएनन् त ? नेकपा एक नेताले हामीसँगको कुराकानीमा भने,‘नेता नेपालज्यू प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्न जान चाहनुभएको थियो, तर पहिलेजस्तै तितो वचन बोल्नुहुने हो कि भन्ने डर छ ।’

नेता नेपालमात्रै नभएर अर्का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालपनि प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्न अस्पताल गएनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot