Logo

मस्तिष्क घातबाट बच्ने उपाय



मस्तिष्कका विशेष भागहरुमा रगतको प्रवाहमा बाधा हुनाले मस्तिष्क घात हुन्छ । रक्तनलिमा अवरोध उत्पन्न हुनाल वा रक्तश्रावको कारणले हुने गर्दछ ।

कारण

–रक्तनली फुट्नाले मस्तिष्कमा रगत जम्छ र सुनिन थाल्छ ।
–उच्च रक्तचाप
–मुटुको धड्कनमा हुने गडबडी
–रगतमा हुने चिल्लोपना
–मधुमेह
–धुम्रपान
–टाउकोमा चोट लाग्नु

लक्षण

–अचानक टाउको दुख्नु
–अचानक कमजोरी महसुस गर्नु
–मुखको एक भाग एकातिर बाँग्गिनु
–बोल्न नसक्नु, दिसापिसाब नियन्त्रण नहुनु

रोकथाम

–नियमित शारीरीक व्यायाम गर्ने
–आफ्नो जीवनशैली परिर्वतन गर्नुहोस्
–धुम्रपान नगर्नुहोस्
–उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्टोर र मुटुको जाँच गराउनुहोस्



प्रतिक्रिया दिनुहोस्