Logo

२९ स्वर्णसहित नेपाल दोस्रो स्थानमा (स्वर्णधारी खेलाडीको सूची)



काठमाडौं, १८ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत चौंथो दिन नेपालले थप छ स्वर्ण जितेको छ । तर, मार्सल आर्ट खेल अन्तिमतिर आइपुग्दा नेपालको पदक जित्ने गतिमा कमी आएपछि शिर्ष स्थान गुमाएको छ । भारतले बुधबार एकै दिन धेरै पदक जितेपछि नेपाललाई उछिन्दै शिर्ष स्थान बनाएको छ ।

बुधबार तेक्वान्दो, उसु र साइक्लिङमा दुई दुई स्वर्ण जितेको हो । तेक्वान्दोमा संगिता बस्यालले महिला ६२ केजी तौल मुनी स्वर्ण जितिन् । सक्षम कार्कीले पुरुष ८७ केजीमा स्वर्ण जिते । दुवै खेलाडीले भारतीय प्रतिद्धन्द्धीलाई हराए ।

उसुमा दिपक हमालले थाउलो नानगुमा स्वर्ण जित्दा विजय सिंजाली र सुष्मिता तामाङको जोडीले थाउलोमै स्वर्ण जिते । साइक्लिङमा निष्मा श्रेष्ठ र राजेश मगर डाउनहिल प्रतिष्पर्धामा दुई स्वर्ण दिलाए ।

नेपालले २९ स्वर्ण, १४ रजत र २१ काँस्य जितेको छ । बुधबार छ स्वर्ण, सात रजत र १० काँस्य थपेको छ । ट्रायथलनमा नेपालले रजतमा चित्त बुझायो । ग्रुप ट्रायथलनमा भारतले स्वर्ण जित्यो ।

सार्कका सबै देशले पदक जितिसकेका छन् । माल्दिभ्सले एक स्वर्ण र २ रजत, भुटानले ३ काँस्य जितेको छ ।

तेक्वान्दो
गोविन्द आले पुम्सेको ५८ केजी
कमल श्रेष्ठ पुरुष एकल
आयशा शाक्य २९ वर्षमाथिको पुम्से
आयशा शाक्य र सञ्जीवकुमार ओझा २९ वर्षमाथिको मिक्स पुप्से
पार्वती गुरुङले २३ देखि २९ वर्ष पुम्से
सीना मादेन लिम्बु १७ देखि २३ वर्ष पुम्से
नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई २३ वर्षमाथिको स्पर्धा
वीरबहादुर महरा पुरुष ६८ केजी मुनी
काजल श्रेष्ठ ४६ केजी महिला
संगिता बस्याल ६२ केजी महिला
सक्षम कार्की ८७ केजी पुरुष
कराँते
मन्डेकाजी श्रेष्ठ पुरुष कँता
लक्ष्मण तामाङ ५४ केजी
निर्मला तामाङ, संगिता मगर र सरु काकी टिम काता
मन्डेकाजी श्रेष्ठ, महशुश तामाङ र प्रवीण महर्जन टिम काता
विप्लव लाल श्रेष्ठले स्वर्ण ८४ केजी तौल माथि
कुसुम खड्का ४५ केजी कुमुते
अनु अधिकारी ५० केजी कुमुते
नविन रसाइली ६७ केजी पुरुष कुमिते
सुनिता महर्जन ६७ केजी महिला कुमिते
उसु
विजय सिञ्जाली थाउलो
सुस्मिता तामाङ थाउलो
दिपक हमाल थाउलो नानगुन
विजय सिंजाली र सुष्मिता तामाङ थाउलो
साइकलिङ
निष्मा श्रेष्ठ महिला डाउनहिल
राजेश मगर पुरुष डाउनहिल
एथलेटिक्स
सन्तोषी श्रेष्ठ महिला १० हजार मिटर
ट्रायथलन
सोनिका गुरुङ महिला
दुवाथोलन
हिमाल टमाटा



प्रतिक्रिया दिनुहोस्