Logo

किन भयो पूर्व राजाको मध्यपश्चिम दौडाहा



काठमाडौं, १९ मंसिर । उपनिर्वाचनबाट दलहरुले आफ्नो पक्षको जनमत जानकारी लिए । तर, उपनिर्वाचन सकिएको भोलिपल्टै पूर्व राजा ज्ञानेन्द्र शाह देशको मध्य पश्चिमको दौडाहामा गए ।

शाहले मध्य पश्चिमका शक्तिपीठहरुको दर्शन गरे । आफ्ना समर्थकहरुलाई पनि भेटेर जनमत बुझे । पूर्व राजाले एक हप्ता लामो यात्रामा प्रदेश नम्बर ५ को विभिन्न जिल्लाको भ्रमण गरिरहेका छन् । शुभचिन्तक र समर्थकलाई भेटेका छन् ।

उनको भ्रमणको उद्देश्य मठमन्दिरको पूजा तथा दर्शन गर्नु रहेको भनिएपनि आफ्नो प्रभाव बारे जानकारी लिन पुगेको बुझिएको छ । पछिल्लो समय दलहरुप्रति जनआक्रोश बढ्दै जाँदा पूर्व राजा सक्रिय रहेको चर्चा चल्ने गरेको छ ।

पूर्व राजाको भ्रमण तालिका

१५ गते भैरहवा प्रस्थान
१६ गते बुटवलको शिव मन्दिरको दर्शन
१७ गते मर्चवारमा भववती मन्दिरको दर्शन
१९ गते पाल्पाको भगवती मन्दिर दर्शन
२० गते गारुसिंघेस्थित पशुपति मन्दिरको दर्शन
२१ गते नवलपरासीको भगवती मन्दिर दर्शन
२२ गते काठमाडौं फर्कने File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot