Logo

आत्मबलले उठेका ओली



काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० दिन अघि आकस्मिक अस्पताल पुर्याइँदा अवस्था नाजुक थियो । उनको उपचारमा संलग्न डा. अरुण सायमीले लाइफ एन्ड डेथको अवस्थामा ओलीलाई अस्पताल ल्याइएको बताएका थिए ।

गत हप्ताको सोमबार राति देखि पेट दुखे पनि ओली सहेर बसे र भोलिपल्ट निजी चिकित्सक डा. दिव्यासिंह शाहलाई बोलाउन लगाए । ओलीलाई शिक्षण अस्पताल महाराजगञ्जमा आकस्मिक उपचारका लागि लगेर चेकजाँच गर्दा एपेन्डिसाइटिस भएको पत्ता लागेको थियो । मृगौला प्रत्यारोपण गरिएका ओलीको कठिनाईका मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टर मा गत हप्ताको मंगलबार शल्यक्रिया गरिएको थियो । उनको सफल सल्यक्रियापछि एक दिन भ्यान्टिलेटरमा राखिएको थियो ।

ओली पहिलो दिन भेन्टिलेटरमा राखिए । दोस्रो दिन आइसीयूमा राखेर उपचार भयो । ओली तंग्रिएनन् मात्र कुराकानी गर्न थाले । उनको आत्मबल देखेर उपचारमा संलग्न चिकित्सकहरु पनि छक्क परे । ओलीको आत्मबलप्रति डा. दिव्या सिंह शाहले प्रशंशा गर्दै आएकी छिन् । दरिलो आत्मबलले ओलीलाई मजबुत बनायो । डा. अरुण सायमीले ओलीको सधै सक्रिय रहन खोज्ने र आत्मविश्वास देखेर भनेका थिए, तपाईंलाई डिस्चार्ज गरिदियो भने अहिले पोखरामा चुनाव प्रचार गर्न जानुहुन्छ र रंगशाला पुग्नुहुन्छ ।

ओली उठ्नुमा आत्मबल पनि मुख्य कारण हो । उनी संघर्षले खारिएका छन् । कठिन जीवन पार गर्दै यहाँसम्म पुगेका हुन् । रोगबाट आत्तिनेभन्दा जुध्ने बानी र खानपानले स्वास्थ्य सन्तुलनमा राख्न सकेका छन् । उनको उपचारमा संलग्न चिकित्सकले पनि खाना र जीवनशैलीको अनुशासनले ओलीले आफूलाई सन्तुलनमा राख्न सकेको बताउँछन् । सबैभन्दा महत्व ओलीमा भएको आत्मबल हो । उनी आत्मबलले रोगलाई पराजित गरिरहेका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot