Logo

मदन खरेलको अर्को असफलताः ‘नेपाल एयरलाइन्स संसारकै खतरनाक एयरलाइन्स’



काठमाडौं, १९ मंसिर । नेपाल एयरलाइन्स हालैमात्र सँसारकै सबैभन्दा खतरनाक एयरलाइन्सको सूचीमा परेको छ । विश्वप्रशिद्ध फोर्बस म्यागाजिनले हालै प्रकाशित गरेको सन् २०१९ मा सँसारकै खतरनाक एयरलाइन्सको सूचीमा नेपाल एयरलाइन्स परेको हो ।

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स मात्र एक स्टारको अवस्था बनाउन सकेको उल्लेख छ । एयरलाइन्सले खासै उल्लेख्य प्रगति गर्न नसकेको भन्दै सुरक्षाका दृष्टिले पनि खतरनाक रहेको लेखिएको छ । नेपाल एयरलान्यसलाई युरोपेली युनीयनसम्वद्ध देशहरुमा उडान भर्न प्रतिबन्ध लगाइएको समेत जनाइएको छ । सन् १९५८ देखि संचालनमा रहेको एयरलाइन्सको यति लामो इतिहास भएपनि यसले सुरक्षा रेकर्ड गुमाउँदै गएको उल्लेख छ ।

नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय रेकर्ड नराम्रो हुँदा पनि कार्यकारी अध्यक्ष मदन खरेलले ठोस कार्यक्रम र भूमिका निभाउन सकेका छैनन् । उनको कार्यकालमा एयरलाइन्स झन् खस्किएर संकटमा पुर्याइँदैछ । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत एयरलाइन्स बदनाम बनाइएको छ ।

नेपाल भ्रमण वर्ष २०२० नजिक आउँदै गर्दा देशको ध्वजावाहक नेपाल एयरलाइन्स विश्वकै खतरनाक एयरलाइन्सको सूचीमा पर्नु सुखद होइन । त्यसमाथि निजी एयरलाइन्स तारा पनि खतरनाक एयरलाइन्सको सूचीमा परेको छ ।

खरेलले निगमको जापान उडानमा चलखेल गरेर समस्यामा पारेका छन् । उडान रित्तो आउने जाने गर्न थालेको छ । यसले निगमलाई झन् घाटामा पुर्याएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot