Logo

ह्वात्तै घट्यो प्याजको मूल्य, हेर्नुस् बजार भाउ



काठमाडौँ, १९ मंसिर । दिनप्रतिदिन आकाशिंदै गएको प्याजको मूल्य ओरालो लाग्न थालेको छ । भारतबाट निर्यात बन्द भएसंगै आकाशिएको प्याजको मूल्य चीनबाट आउन थालेपछि सस्तो हुँदै गएको हो ।

प्रतिकिलो २ सय ५० रुपैयाँको हाराहारीमा रहेको प्याजको मूल्य अहिले १५० मा झरेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार सुकेको प्याजको थोक मूल्य १ सय ५० रुपैयाँ रहेको छ ।

भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपाली बजारमा अभाव हुन थालेको प्याजको खुद्रा मूल्य गत आइतबार २ सय थियो भने सोमबार १९० रुपैयाँ कामय भएको थियो । १ सय ८० सम्म झरेको कालिमाटी फलफुल तथा तरकारी बजारले जनाएको छ ।
राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्