Logo

प्रधानमन्त्री ओली आज डिस्चार्ज हुनसक्ने



काठमाडौं, मंसिर १९ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नौ दिनदेखि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थमा उल्लेख्य सुधार भएको छ ।

एपेन्डिसाइटिसको शल्यक्रियाका क्रममा यही मंसिर १० गते सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओेलीको स्वास्थमा सुधार आएको अस्तपालतद्वारा बुधबारजारी विज्ञप्तिमा उल्लेख छ । उनलाई हाल चिकिस्तकको निगरानीमा राखेको र अवको एक वा दुई दिन भित्रै डिस्चार्जको तयारी रहेको समेत उक्त विज्ञप्तिमा जनाइएको छ ।

दुई दिनअधि प्रधानमन्त्री ओलीले अस्पतालबाटै आफ्नो शल्यक्रिया सफल भएको भिडियो सन्देश जारी गरेका थिए । उनको उपचारमा संलग्न चिकित्सकहरुले पनि ओलीलाई अस्पतालबाट बालुवाटार सार्नेबारे छलफल भई रहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot