आजकलका बालबालिकाले पढिसकेपछिको समय प्रविधिको प्रयोगमा समय बिताउँछन् । यसको कारण उनीहरुको शारीरीक गतिविधिमा कम हुन जान्छ । खेलकुद वा व्यायाम बच्चा देखि ठुलोको को लागी पनि अति नै आवश्यक हुन्छ । व्यायामले उनीहरुको शरीर बलियो र फुर्तिलो बनाउँछ ।
खासमा यो ५ वर्ष देखि १४ वर्षको बच्चाको लागि अत्यन्तै जरुरी हुन्छ । यसरी तपाई आफू आफ्नो बच्चाको साथमा खेल्दै व्यायाम गर्नसक्नु हुन्छ ।
व्यायामको तरिका
शरीरको भालु आकार दिनको लागी दुईवटा हात जमिनमा राख्नुपर्छ । यसरी शरीरको पूरा तौल दुईवटा हात र खुट्टा आउँछ । अब बच्चालाई भालु जस्तै खेल्न लगाउनुहोस् । युका लागि बायाँ हात र दायाँ खुट्टा एक साथ अगाडि लानुपर्छ । फेरि दायाँ हात र बायाँ खुट्टा अगाडि बढाएर चल्न लगाउनु पर्छ ।
सुपर हीरो
बच्चाको जमिनमा पेटको बल दिनुपर्दछ । हात र खुट्टाको सिधा राखेर विपरित दिशामा खिच्न लगाउनु पर्छ । अब हात, खुट्टा र छाति लाई थोरै जमिन माथि उठाउनुपर्छ सुपर हिरो जस्तो उडेको जस्तो गर्नुपर्छ । केहि समय यो विधि गरेपछि फेरि सामान्य अवस्थामा आउनुहोस् ।
स्टार ज्याक
यो कसरत एक जम्पिंग ज्याक जस्तै हो । सीधा उठेर र दुई खुट्टाको विचमा सानो दुरी बनाउनुहोस् अब खुट्टा र हातहरु फैलाउदै, हावामा माथीतिर उफ्रिनुहोस् । यो विधि धेरै पटक गर्नसक्नु हुन्छ ।
भ्यागुता चाल
तपाइको घुडाँ मोड्नुहोस् र भुइँमा खुट्टाको विचमा हत्केलाहरु राख्नुहोस् । अब हातको सहयोगले माथि माथि उफ्रनुहोस् र हात टाउको माथि लिनुहोस, त्यसपछि बस्नुहोस् । बादलहरुलाई छुने प्रयास जस्तै उफ्रिनुहोस् ।