Logo

‘सागपात र गेडागुडी खानेहरुको आयु लामो’



के तपाई लामो र स्वस्थ आयु चाहनुहुन्छ ? चाहनुहुन्छ भने आफ्नो दैनिक आहारमा ध्यान दिनु आवश्यक रहेको छ । १५ वर्ष देखि एक महिलाले विश्वको विभिन्न ठाउँ घुम्दाँ प्रत्येक समूदायले दैनिक रुपमा खाने आहार नै उनीहरुको लामो आयुको रहस्य पत्ता लगाइन् । उनको निष्कर्षमा स्थानीय सागपात र गेडागुडी खाएर जीवनयापन गर्नेहरु निकै लामो आयु बाँच्न सकेका छन् ।

उनले इटली,जापान ग्रीक आइल्याण्डमा मानिसहरुले खाने आहारहरुले त्याहाँका मानिसहरुलाई लामो आयु मात्र नभई त्यस आहारले त्यहाँका बासिन्दाहरुलाई तन्दरुस्त समेत बनाएको तथ्य भेटिन् ।

ग्रीक टापूमा मानिसहरुको आहारले उनीहरुलाई मानिस मर्छ भन्ने कुरा पनि बिर्सेको पत्ता लगाइन् । क्यमलीफोर्निया अधवेश्य उमेरका बासिन्दाहरु युवा देखिन आफ्नो शरीरमा पातदार तरकारीहरु, कन्दमूल, बदाम, गेडाहरु लगाउने गर्दछन् । उनीहरु अधिकतम महिनामा केवल पाँच पटक मासु खाने देखियो ।

दैनिक जीवनको प्रत्येक खण्डमा सागपात खाएर जीवनयापन गरेमा आयु लामो र फूर्तिलो हुने जनाइएको छ । विश्वको प्रत्येक मानिस आफ्नो जीवनमा खाने आहारप्रति सजग हुनुपर्ने सुझाव दिइन् ।

जीवनभर आफ्नो लामो आयु राख्न र स्वस्थ्य रहन राम्रो जीवन शैलीलाई आपनाएर गलत जीवन शैलीलाई हटाउनु आवश्यक रहेको जनाएइकी छिन् । लामो र स्वस्थ्य जीवन कायम गर्न खाना बाहेक आफ्नो संगत, वातावरणले समेत असर गर्ने पत्ता लगाइन् । उनको ब्लू जोन प्रोजेक्टको मार्फत अनुसन्धान गर्दा उनले व्यापक रुपमा भिन्नता पाएकी थिइन् । ब्लू जोन प्रोजेक्टलाई विश्वभर फैलाएमा यसले लामो र स्वस्थ्य आयू हुने प्रतिबद्ता कायम गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्