काठमाडौं, २० मंसिर । निमा घर्तीमगरले घरेलु मैदानमा जारी १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत उसुमा बिहीबार स्वर्ण जित्दै लगातार दोस्रो संस्करणमा स्वर्ण जित्न सफल भएकी छन्। निमा घर्तीमगरले घरेलु मैदानमा जारी १३ औं दक्षिण एसियाली खेलकुद ९साग०अन्तर्गत उसुमा बिहीबार कीर्तिमानी स्वर्ण जितेकी छन्। उनले उसुमा लगातार दुई सागमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन्।
उसुमा नेपालले बिहीबार थप दुई स्वर्ण जित्दा निमाले महिला थाउलोको नानताउमा स्वर्ण दिलाइन्। नेपालले थाउलो र सान्डामा एकरएक पदक जितेको हो। जारी सागअन्तर्गत उसुमा नेपालले चार स्वर्ण जित्दा यसअघि थाउलोमै विजय सिञ्जाली, अस्मिता तामाङ र दीपक हमालले सफलता दिलाएका छन्। लगनखेलस्थित सैनिक तालिम तथा शारीरिक केन्द्रमा बिहीबार निमाले पनि अलराउन्डरमा १८।९१ अंक बटुल्दै स्वर्ण जितेकी हुन्। उसुमा निमाले जितेको चौथो स्वर्ण हो। सन् २०१६ मा भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद सागमा उसुकी खेलाडी निमा घर्तीमगरको नेपालभित्रै निकै चर्चा भएको थियो। उनको त्यस किसिमको चर्चा स्वभाविक पनि थियो। निमाले जुन परिस्थितिबाट १२औं सागमा देशलाई स्वर्ण दिलाएपछि नेपाली खेलकुद हर्षित बनेको थियो। करोडौंका लगानीको नेपाली खेलकुदलाई उनले निराशा हुनबाट केही हदसम्म जोगाइएकी थिइन्। गत संस्करण नेपालले कुल तीन स्वर्ण जित्दा निमाले उसुको थाउलोबाट दिलाएकी थिइन्। २०५६ पुस २ गते रोल्पाको कोटगाउँ–१, माडिचौरमा जन्मिएकी निमाले घरेलु मैदानमा २० वर्षपछि साग हुनुअगाडि नै आफ्नो लक्ष्य दोस्रो स्वर्ण जित्ने रहेको बताएकी थिइन्।
जुन बिहीबार निमाले पूरा गरेकी छन्। निमाको खेल हेर्न उनका बुबा मन्सुर र आमा पुना सातदोबाटोको लगनखेलको आर्मीको कबर्ड हलमा पुगेका थिए। सोही क्रममा निमाले आफ्ना परिवारलाई स्वर्ण लगाइदिँदै खुसी साटेकी थिइन्। जितपछि निमाले परिवारको अघि राम्रो खेलेर स्वर्ण जितेको क्षण वर्णन गर्नै नसकिरहेको बताइन्। ‘यो क्षण मेरो लागि निकै अविस्मरणीय हुनेछ,’ निमाले भनिन्, ‘मेरो परिवारको साथमा स्वर्ण जितेको क्षण बाँड्न पाएको छु।’
नागरिक दैनिकबाट