Logo

साग महिला क्रिकेट : श्रीलंकाले दियो नेपाललाई ११९ रनको लक्ष्य



काठमाण्डौँ, २० मंसिर । १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत क्रिकेटमा श्रीलंकाको महिला टोलीले नेपाललाई ११९ रनको लक्ष्य दिएको छ ।

शुक्रबार पोखरा रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ राजेको श्रीलंकाले निर्धारीत २० आभरमा सात विकेटको क्षतिमा कुल ११८ रन बनाएको हो । श्रीलंकाका लागि सर्वाधिक रन अप्सराले ३७ रन र जनादी अनालीले ३५ रन जोडेको थिए ।

नेपालका लागि सोनु खड्का र सरस्वती चौधरीले दुई दुई विकेट लिन सफल भइन् । आज जारी खेलबाट जित्ने टोलीले बंगलादेशसंग स्वर्ण पदकको लागि भिड्ने छ । फाइनल आइतबार हुनेछ ।



प्रतिक्रिया दिनुहोस्