Logo

बलात्कारीविरुद्ध भारतीय प्रहरीको कठोर कदमः चार आरोपी यसरी मारिए



बलात्कार र महिला हिंसाका घटनाले संसारभर भारतको प्रतिष्ठामै आँच पुग्ने अवस्था बनिसकेको छ । सन् २०१२ मा नयाँ दिल्लीको बसमा निर्भयामाथि सामूहिक बलात्कार भएपछि उनको उपचारको क्रममा निधन भयो । उक्त घटनाले भारतभित्र मात्र नभई सँसारभर ध्यानाकर्षण भयो ।

भारतको रेल्वे स्टेशनमा नेपाली चेली बलात्कारपछि हत्या गरिएको घटना समेत बाहिर आयो । उत्तर प्रदेशमा एकजना सांसद बलात्कारको अभियोगमा मुछिए । बलात्कार गरेर हत्या गर्ने एकपछि अर्को घटना बाहिर आए ।

पछिल्लो पटक तेलंगना राज्यमा एउटा गम्भीर घटना घट्यो । भेटेनरी डाक्टरलाई सामूहिक बलात्कार गरी जिउँदै लगाएर हत्या गरियो । यो घटनाले तेलंगना राज्यमात्र नभई भारतभर महिला असुरक्षित भएको विषय उठ्यो । संसारकै ध्यान गयो । २७ नोभेम्बरको घटना छटपालीमा भएको थियो । हैदराबादबाट ३० किलोमिटर दूरीमा पर्ने उक्त क्षेत्रमा महिलाको विभत्स हत्यापछि अधिकारवादीहरुले कडा आवाज उठाए ।

दुई दिनपछि चारजना पुरुष पक्राउ परे । उनीहरुमाथि अनुसन्धान चलिरहको थियो । तर, शुक्रबार विहानै चारैजना प्रहरी इन्काउन्टरमा मारिएको खबर बाहिर आयो । यसले संसारभर ध्यान खिच्यो । उनीहरुलाई घटनास्थलमा अनुसन्धानका लागि लगिंदा प्रहरीमाथि आक्रमण गर्न खोजेपछि इन्काउन्टर गरिएको भनिएको छ । प्रहरीमाथि आक्रमण गर्दा हात बाँधेर बस्न नसक्ने त्यहाँका प्रहरी प्रमुखले जवाफ दिएका छन् ।

पीटीआईले साइबराबाद प्रहरी कमिश्नल भी सी सज्जनरको भनाई उदृत गर्दै भने, ‘चार जना आरोपी प्रहरी इन्काउन्टरमा मारिएका छन् ।’ घटना कसरी घटेको भन्ने बारे सबै बताउन र घटनास्थलमै पुगेर घटनाको सम्पूर्ण विवरण संकलन गर्न लगिएकाहरुलाई जहाँ पेट्रोल खरिद गरिएको थियो त्यहीं लगिएको थियो । सर्वसाधारणले आक्रमण गर्न सक्ने भएकाले रातिको समयमा त्यस ठाउँमा लगिएको भनिएको छ । तर, प्रहरीमाथि उल्टै जाइलागेको भन्दै गोली चलाइएको भनिएको छ । उनीहरु चारैजना मारिए ।

यो घटनाबाट भारतको प्रहरीले बलात्कारविरुद्ध कठोर कदमको सन्देश दिन खोजेको देखिन्छ । महिलामाथि जघन्य घटना घटाउनेहरुमाथि कडा कदमका साथ प्रस्तुत हुने चेतावनी पनि दिएको छ । भारतको प्रतिष्ठामै आँच पुग्न थालेपछि कठोर कदम चालिएको हुनसक्ने समाचारहरु आइरहेका छन् ।

२७ नोभेम्बरमा भेटेनरी डाक्टरको योजनावद्ध तरिकाले बलात्कार गरेका थिए । शुरुमा उनको सवारी साधन पंक्चर गराए । त्यसपछि सहयोगी भावना देखाए । उनलाई घिसारेर झाडीमा लगी ट्रकको पछाडि बलात्कार गरे । उनको भित्री कपडा एक सय मिटर बाहिर टाढा फेला परेको थियो ।
घटनापछि उनलाई पेट्रोल छर्केर जलाए । उनको अर्ध जलेको शरीर भोलिपल्ट फेला परेको थियो ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot