Logo

नेपालद्वारा माल्दिभ्स ८४ रनले पराजित



काठमाडौं २० मङ्सिर । १३ औं दक्षिण एसियाली खेलुकद ९साग० अन्तर्गत पुरुष क्रिकेटमा नेपालद्वारा माल्दिभ्स ८४ रनले पराजित भएको छ ।

टस जितेर व्याटिङ गरेको नेपालले माल्दिभ्सलाई ८४ रनले हराएको हो । नेपालले दिएको १६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले २० ओभरमा ६ विकेटको क्षतिमा ७९ रनमा समेटिएको थियो ।

पहिलो व्याटिङ गरेको नेपालका लागि करण केसीले नटआउट ४० रन, दिपेन्द्रसिंह ऐरीले ३९ रन, कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले १९–१९ रनमात्र जोडेका थिए । नेपालका सुसन भारी र ललितनारायण राजवंशीले दुई-दुई विकेट लिएका थिए भने पवन सरार्फले एक विकेट लिए ।

माल्दिभ्सका लागि मोहम्मद आजमले नटआउट १७ र इब्राहिम हसनले नटआउट १२ रन जोडे । सँगै मोहम्मद रिजवानले १३ र अलि इभानले १३ रन जोडे । नेपालको बलिङसामु कमजोर सावित हुँदा माल्दिभ्स पराजित भएको हो ।



प्रतिक्रिया दिनुहोस्