Logo

मानव बेचबिखन सञ्जाल सक्रिय अलपत्र पार्ने क्रम बढ्यो



काठमाडौं, मंसिर २१ । उनीहरूले नेपाली महिला र पुरुष विदेशी भूमिमा लैजान थालेका छन। विगतमा नेपाली महिला धेरैजसो भारतमा बेचिने गर्थे । सरकार तथा गैरसरकारी क्षेत्रबाट कडाइ भएपछि यसरी बेचिने क्रम घटयो । त्यसपश्चात अवैध ओसारपसारमा संलग्नले रुट फेर्दै महिला लैजाने काम थालेको हो ।

गएको शुक्रबार इन्डोनेसियाबाट पाँच जनाको उद्धार गरिएको थियो । त्यही क्षेत्रबाट एक महिनाअघि एक महिलासहित छ जनाको उद्धार नेपाल प्रहरीसहितको टोलीले ग¥यो । केही दिनअघि मात्र चीन पुगेकी एक महिला फर्काइयो । त्यस्तै तीन जना महिलालाई बिहे गरेर यौनदासी बनाउन चीन लैजाँदै गरेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले पक्राउ ग¥यो ।

महिलालाई लैजानेले छोटो रुट प्रयोग गर्न थालेका छन । , मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता गोविन्द थपलियाले भन्नुभयो, । भारत, माल्दिभ्स, श्रीलंका हुँदै अफ्रिकी मुलुकमा नेपाली महिला लैजान थालेका छन । पुरुष लैजाने तस्करले लामो रुट प्रयोग गर्दै युरोप, अमेरिका, अस्ट्रेलियामा सञ्जाल फैलाएको छ ।
पछिल्लो समय चीनमा नेपाली महिला यौनदासीका रूपमा प्रयोग भइरहेको सूचना प्रहरीकहाँ आइपुगेको छ । गोराखपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot