Logo

क्रिकेटमा बंगलादेशसंग नेपाल पराजित



काठमाडौँ २१ मङ्सिर । १३औं दक्षिण एशियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बंगलादेश सँग ४४ रनले पराजित भएको छ। बंगलादेशसँग पराजित भएसँगै फाइनल पुग्न नेपालको सम्भावना सकिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बंगलादेश टोलीले नेपाललाई १५६ रनको लक्ष्य दिएको थियो ।१५६ रनको लक्ष्य पछ्याएको नेपाली टोली २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाउन सफल भएको थियो ।

लक्ष्य पछ्याउदै नेपालका ब्याट्सम्यानलाई बंगालदेशी बलरहरुले सुरुवातदेखि दबाबमा राखेका थिए । चौथो ओभरमा पारस खड्का आउट भएपछि नेपालको लगातार विकेट झर्दै गएको थियो , पारसले १६ बलमा ९ रन बनाएर आउट भए।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ बल सामना गर्दै उनले ४३ रन बनाए । उपकप्तान दीपेन्द्रसिंह ऐरीले १३ बलमा १६ रन बनाएका थिए । अभिनाश बोहरा र ललित राजवंशीले अन्तिममा १८ रनको साझेदारी गरे । अभिनाश १३ र ललित ५ रनमा नट आउट रहे। बंगलादेशका लागि सोमन खान, तानवीर इस्लाम, सौम्य सरकार र महेदी हसनले २–२ विकेट लिए ।

बलिङमा नेपालले राम्रै प्रदर्शन गरेको थियो । सुरुमा नेपाली बलरले बंगलादेशलाई निकै दवाबमा राखेका थिए । ३.३ ओभरमा १६ रन ३ विकेट गुमेको थियो । सुरुवाती तीनै विकेट पारस खड्काले लिएका थिए । ४ ओभर बलिङ गरेका पारसले ३ विकेट लिएर १५ रन दिए।

१०.२ ओभरमा ४९ रन बनाउँदा ४ ४ विकेट गुमाईसकेको बंगलादेशका लागि नाज्मुल हसन र अफिफ हसनले ठूलो साझेदारी गरेपछि ठूला स्कोर बनेको हो ।

नाज्मुल २८ बलमा ५२ रन बनाएर आउट हुँदा र अफिफ ६० बलमा ७५ रन बनाइ नटआउट रहे। नेपालका लागि पारसपछि उपकप्तान दिपेनद्रसिंह ऐरीले २ विकेट लिए । अभिनाश बोहराले १ विकेट लिए। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्