Logo

विप्लव निकट विद्यार्थी नेता नियन्त्रणमा



२१ मङ्सिर ; नेत्रविक्रम चन्द्र (विप्लव) समूह निकट दुई विद्यार्थी नेतालाई जिल्ला प्रहरी कार्यालयले शुक्रबार राति नियन्त्रणमा लिएको छ ।

यहि मङ्सिर १८ गते लेकम गाउँपालिका–१ को वडा कार्यालयको साइनबोर्ड मेटाएर विप्लव समूहको नाम लेख्नमा संलग्न रहेको भन्दै प्रहरीले खोजी गरिरहेका उनीहरुलाई शैल्यशिखर नगरपालिका–१ शिखर बलाँचबाट नियन्त्रनमा लिएको हो ।

नियन्त्रण पर्नेमा लेकम–१ सर्मौलीका २० वर्षीय जीवनबहादुर विष्ट र बैतडी पुर्चौडी नगरपालिका–१० का २१ वर्षीय प्रेम महरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot