Logo

सैनिक पोशाक बिक्री वितरणमा रोक



डोटी, मंसिर २१ । जिल्ला प्रशासन कार्यालय डोटीले सैनिक पोशाक बजारमा बिक्री वितरण गर्न बन्द गर्ने भएको छ।

सैनिक पोशाक आपराधिक प्रवृतिका मानिसले लगाइ दुरुपयोग गर्ने सम्भावना रहेको भन्दै प्रशासन कार्यालयले सूचना जारी गर्दै सैनिक पोशाक बिक्री वितरणमा रोक लगाएको जनाएको छ। सैनिक पोशाक गैरसैनिक व्यक्तिलाई बिक्री वितरण गर्न नपाइने जनाएको छ।

नेपाली सेनाले मात्रै प्रयोग गर्ने क्यामोफ्लाइज कपडा सर्वसाधारणले प्रयोग गर्ने गरेको भन्दै प्रशासनले गैरसैनिकलाई उक्त पोशाक बिक्री वितरण नगर्न व्यापारीलाई आग्रह गरेको हो।



प्रतिक्रिया दिनुहोस्