Logo

राम लिम्बू बने दोस्रो ‘भ्वाइस अफ नेपाल’



काठमाडौं,मंसिर २२ । रियालिटी–सो ‘दी भ्वाइस अफ नेपाल’ सिजन २ को उपाधि राम लिम्बूले जितेका छन् । अन्य तीन प्रतिस्पर्धीलाई पछाडि पारेर लिम्बूले भोटिङका आधारमा उपाधि जितेका हुन् ।

सनिश श्रेष्ठ, आरिफ राउफ र विकास लिम्बूलाई प्रतिस्पर्धामा पछि पार्दे शनिबार राती होटल हायातमा लिम्बूले उपाधि उचालेका हुन । झापानिवासी लिम्बूले १२ लाख नगद, डाटसन रेडी गो कार र १५ लाखबराबरको भिडियो एल्बम सम्झौता र विश्व सांगीतिक यात्राको अवसर पाएका छन् । लिम्बू गायक प्रमोद खरेलको टिममा थिए ।



प्रतिक्रिया दिनुहोस्