Logo

फर्कियो म्याराथन छवि



काठमाडौँ, २२ मंसिर । नेपाली म्याराथनको समृद्ध इतिहास पुनर्जीवित गर्दै महिला र पुरुष खेलाडीले एकैचोटि पहिलोपल्ट अन्तर्राष्ट्रिय पदक जितेका छन् । जारी १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत शनिबार भएको म्याराथनमा पुरुषतर्फ किरणसिंह बोगटीले स्वर्ण र महिलामा पुष्पा भण्डारीले रजत पदक दिलाएका छन् । साग इतिहासमै नेपाली एथलेटिक्सले यसपालि ३ स्वर्ण, १ रजत र ४ कांस्य पदक जितेको छ । यस्तो सफलता यसअघि थिएन ।

नेपालले पुरुषतर्फ २४ वर्षपछि साग म्याराथनको स्वर्ण जितेको हो । यसअघि सन् १९९५ मा भएको पाँचौं संस्करण ९मद्रास, साफ० मा नेपाललाई म्याराथनमा स्वर्ण पदक टीका बोगटीले दिलाएका थिए । २०१० को ढाका सागमा राजेन्द्र भण्डारीले म्याराथनमा स्वर्ण जिते पनि त्यस ९३५ किमि मात्र भएकाले० ले रोड रेसको मान्यता पाएको थियो । महिलामा भने दक्षिण एसियाली खेलकुदमा नेपालले जितेको पहिलो म्याराथन पदक हो । गुवाहाटी, भारतमा भएको अघिल्लो संस्करणमा पुष्पाले दूरी पार गर्न सकेकी थिइनन् । यस पटक पुष्पाले २ घण्टा ५० मिनेट ११ सेकेन्डमा दौड पूरा गर्दै रजत जितिन् । उनले राष्ट्रिय कीर्तिमान पनि बनाइन् । २ घण्टा ४१ मिनेट २४ सेकेन्डमा दूरी पार गरेकी श्रीलंकाली धाविका हिरूनी केसाराले स्वर्ण जितिन् । भारतीय ज्योति गवाटेले २ घण्टा ५२ मिनेट ४४ सेकेन्ड लगाएर कांस्य पदक जितिन् । ६ धाविका प्रतिस्पर्धामा थिए । सागमा महिला म्याराथनतर्फ मद्रास ९१९९५० मा भारतकी भ्याली सत्यावानाले राखेको २ घण्टा ३८ मिनेट १० सेकेन्डको कीर्तिमान छ ।

किरणले भने २ घण्टा २१ मिनेट १७ सेकेन्डमा दूरी पार गरेर स्वर्ण जितेका हुन् । उनका निकट प्रतिद्वन्द्वी दुवै भारतीय थिए । रस्पाल सिंहले २ घण्टा २१ मिनेट ५७ सेकेन्डबाट रजत र शेर सिंहले २ घण्टा २२ मिनेट ०७ सेकेन्डबाट कांस्य हात पारे । नेपालकै अर्का धावक होमलाल श्रेष्ठ भने चौथोमा रहे । उनको टाइमिङ २ घण्टा २४ मिनेट ३१ सेकेन्डको थियो । वैकुण्ठ मानन्धरका नाममा रहेको २ घण्टा १५ मिनेट ०३ सेकेन्डको दक्षिण एसियाली खेलकुदको म्याराथन कीर्तिमान यसपल्ट पनि तोडिएन । आफ्नै आँखाअगाडि म्याराथनको स्वर्णपदक नेपाली खेलाडीले जितेको देख्न पाउँदा कीर्तिमानी मानन्धर खुसी थिए । ‘मैले त कीर्तिमानसहित स्वर्ण जितेको हेर्न चाहेको थिएँ । स्वर्ण जित्यौं धेरै राम्रो । मिहिनेत गरे हाम्रा खेलाडी राम्रो गर्न सक्छन् भन्ने प्रमाण हो यो,’ म्याराथनका लिजेन्ड मानन्धरले भने ।

विजेता किरणको धोको पनि कीर्तिमानको छेउछाउमा पुग्ने छ । तर उनी खेलाडी जीवनको उत्तरार्द्धमा छन् । ३४ वर्ष भइसके । भन्छन्, ‘मेरो लक्ष्य अब टाइमिङ घटाउँदै ल्याउनु हो, वैकुण्ठ दाइको कीर्तिमान छेउछाउमा पुग्नु छ ।’

कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्