काठमाडौं,मंसिर २२ । शनिबारराती भएको इङलिस प्रिमियर लिग अन्तर्गतको खेलमा लिभरपुलले बर्नमाउथलाई पराजित गरेको छ । बर्नमाउथलाई ३–० गोलले हराउदा लिभरपुलकाओक्सालेड चेम्बर्लिनले खेलको ३५औं मिनेटमा आफ्नो टोलीलाई अग्रता दिलाए ।
त्यस्तै खेलको ४४औँ मिनेटमा नाबी केइटाले गोल गर्दै खेललाई आफ्नो दबावमा राख्न सफल भए । त्यस्तै लिभरपुलकै मोहमद सलाहले ५४औँ मिनेटमा गोल गर्दै लिभरपुलको तीन गोल बनेको थियो । निकै प्रयास गर्दापिनि बर्नमाउथले खाता खोल्न सकेन ।लिभरपुलले १६ खेलबाट ४६ अंक बनाएको छ भने बर्नमाउथ १६ अंकसहित तालिकाको १५औं स्थानमा छ ।