Logo

गौरिकाले तेस्रो स्वर्ण जित्दै रचिन् इतिहास



काठमाडौं, २२ मंसिर । किर्तिमानी पौडी खेलाडी गौरिका सिंहले १३ औं दक्षिण एशियाली खेलकुद सागमा तेस्रो स्वर्ण जितेकी छिन् । उनले महिला चार सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् ।

आइतबार सातदोबाटोस्थित पौडी पोखरीमा भएको प्रतिष्पर्धामा आत्मविश्वासका साथ उत्रिएकी गौरिकाले ४ मिनेट २५.२८ सेकेन्डमा निर्धारित दूरी पार गरिन् । योसँगै १३ औं सागमा उनको स्वर्ण संख्या तीन पुगेको छ । गौरिकाले एक रजत पनि जितेकी छिन् ।

तीन स्वर्ण र एक रजत जित्दै गौरिका एउटै साग खेलमा सर्वाधिक स्वर्ण जित्ने खेलाडी बनेकी छिन् । यसअघि एउटै सागमा दुई स्वर्ण जित्ने खेलाडी थिए । File Photo



प्रतिक्रिया दिनुहोस्