Logo

प्रधानमन्त्री ओलीलाई कांग्रेस उपसभापति गच्छदारको यस्तो सुझाव



काठमाडौं, २२ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विजयकुुमार गच्छदारले संविधान र सङ्घीयताको पूर्ण कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलबीच सहमति एवं सहकार्य आवश्यक रहेको बताएका छन्।

विराटनगर विमानस्थलमा आज अपरान्ह् पत्रकारहरुसँग कुरा गर्दै उनले वर्तमान सरकारलाई पाँच वर्षका लागि सरकार सञ्चालन गर्न दिएको जनमतबाट बनेको ठूलो दलको सरकारले अन्य दललाई पनि सहमतिलाई ल्याउनुपर्ने सुझाव दिएका हुन् ।

उनले नेपाली काँग्रेसले सहमति र सहकार्यबाट अघि बढ्न चाहेकाले संविधानको मुूल्य मान्यताअनुुसार सत्तापक्षले पनि प्रतिपक्षसँग सहमति गरेर अघि बढनुुुपर्ने धारणा राखे । भर्खरै सम्पन्न उप निर्वाचनमा नेपाली काँग्रेसप्रति जनताको उत्साह बढेको पाइएको दाबी गर्दै उपसभापति गच्छदारले पार्टीको विधानमा भएको व्यवस्थाअनुुसार एक वर्षको म्याद थप हुुने र आगामी २०७७ फागुुन मसान्तभित्र सम्म महाधिवेशन सम्पन्न हुुने बताए।



प्रतिक्रिया दिनुहोस्