Logo

बेलौरी नाकाको समस्या समाधान गर्छु : मन्त्री भट्ट



काठमाडौं, २२ मंसिर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जिल्लाको दक्षिणमा रहेको बेलौरी छोटी भन्सारको स्तरोन्नति गरिने बताएका छन् । भन्सारको स्तरवृद्धिको माग गर्दै आज ज्ञापनपत्र बुझाउन गएको बेलौरी उद्योग वाणिज्य सङ्घको टोलीसहितको प्रतिनिधिमण्डललाई आश्वस्त पार्दै मन्त्री भट्टले बेलौरी नाकाको समस्याबारे समाधान गर्न तत्पर रहेको बताए ।

उनले सुदूरपश्चिमसहित समग्र देशको आर्थिक विकासमा सकारात्मक भएर लाग्ने प्रतिबद्धतासमेत जाहेर गरे । कैलालीको अत्तरियास्थित मन्त्री भट्टकै निवासमा पुगेर सुदूरपश्चिम प्रदेशसभा सदस्य कुलवीर चौधरीसहितका नेता र बेलौरी उद्योग वाणिज्य सङ्घको टोलीले छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएको हो ।



प्रतिक्रिया दिनुहोस्