Logo

राजस्वमा लक्ष्य पूरा नहुने संकेत



काठमाडौं, मंसिर २३। सरकारको राजस्व लक्ष्य पूरा नहुने संकेत देखिएको छ । चालू आर्थिकको चार महिना बित्दा पनि राजस्व संकलन २५ प्रतिशत छ । सरकारले चालू आवमा कुल ११ खर्ब १२ अर्ब ३ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार हालसम्म २ खर्ब ८० अर्ब ८४ करोड ९० लाख रुपैयाँ मात्र संकलन भएको छ । करतर्फ १० खर्ब ९ अर्ब १६ करोड १८ लाखको लक्ष्यमा २६ दशमलव १२ प्रतिशत मात्र उठेको छ ।

आइतबारसम्ममा जम्मा २ खर्ब ६३ अर्ब ५७ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यसंगरी, गैरकरतर्फ पनि कुल बजेट लक्ष्यको १६ दशमलव ७९ प्रतिशत मात्र उठेको छ । चालू आवको बजेटले १ खर्ब २ करोड ८७ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । जसमध्ये हालसम्ममा १७ अर्ब २७ लाख ५५ हजार रुपैयाँ मात्र राजस्व गैरकरतर्फ उठेको छ ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्