काठमाडौँ, २३ मंसिर । सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तको सिफारिस भएको छ । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको अध्यक्षतामा बसेको सिफारिस समिति बैठकले पदाधिकारी सिफारिस गरेको हो । समितिले प्रमुख आयुक्तमा पूर्व सचिव महेन्द्रमान गुरुङको नाम सिफारिस गरेको छ ।
समितिले आयुक्तमा अधिवक्ता समेत रहेकी कमला वली थापालाई सिफारिस गरेको छ । यस्तै, अर्का सदस्यमा रत्नप्रसाद मैनालीलाई सिफारिस गरेको छ । मैनाली पत्रकार हुन् । सिफारिस समिति अध्यक्ष तुम्बाहाङ्फेले पदाधिकारी सिफारिस गरिएको बताए। उनले सिफारिस अनुसार नियुक्तिको प्रक्रिया भने बाँकी रहेको जानकारी दिए। सिफारिस अनुसार आयोगका पदाधिकारी मन्त्रिपरिषदले नियुक्त गर्नेछ । हालको पदाधिकारीको कार्यकाल पुस तेस्रो साता सकिँदैछ ।
अन्नपूर्ण पोष्ट्बाट