खोटाङ, मंसिर २३ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा दूधकोसीको पानी ल्याउन सुरु गरिएको हलेसी क्षेत्र खोटाङ बृहत् पम्पिङ खानेपानी आयोजनाको समय सकिन अब एक महिना बाँकी छ। तर अहिलेसम्म २० प्रतिशत मात्रै काम भएको छ।
आयोजनाको प्रगति १५ देखि २० प्रतिशत देखिएको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका इन्जिनियर माधवेन्द्र चौधरीले बताए। निर्माण कम्पनीका कारण समयमै काम सकिने अवस्था नदेखिएको उनको भनाइ छ। नदीको पानी गाउँ ल्याउने महत्वाकांक्षी योजनाको स्थलगत अनुगमनका क्रममा निर्माण कार्य सुस्त रहेको पाइएको इन्जिनियर चौधरीले जनाए।
नगरपालिकाका सातवटा वडामा रहेको खानेपानी समस्या टार्न यहाँ ९६ करोड रूपैयाँ लगानीमा काम सुरु गरिएको हो।नागरिक दैनिकबाट