जब मुटुमा रगत प्रवाह रोकीन्छ तब हृदयघात हुन्छ । यो बोसो, कोलस्ट्रोल र धमनीहरुमा अन्य पदार्थको कारणले निर्माण हुन्छ । आफ्नो छाती वा पाखुरामा पिडा महसुस हुने वित्तिकै तुरुन्त चिकित्सककोमा जानुपर्छ ।
धेरै मानिसहरु ह्रदय रोगको सुरुवाती लक्षणलाई वास्ता गर्दैनन् र लापरवाहीको नतिजा घातक हुन्छ ।
मनिसहरुमा हृदय रोगले प्रत्येक ६ घटना मध्ये एकमा चेतावनी दिएको हुन्छ । यो बेलायतमा गरिएको सर्वेक्षणमा बताइएको छ ।
कारण
- धमनी ब्लक हुनु
- धुम्रपान
- कोलेस्ट्रोलको मात्रा धेरै हुनु
- उच्च रक्तचाप
- धेरै तनाव
लक्षण
- छाती दुखाई –छातीको चाप, मुटुको बीचमा कडा महसुस
- सामान्यतया देव्रे हातमा दुखाइ हुन्छ, कसैलाइृ दुवै हातमा पनि दुख्न सक्छ ।
- घाँटी पछाडि, बंगारा र पेट दुख्ने
- चक्कर आउने
- पसिना आउने
- सास फेर्न गाह्रो हुने
- बान्ता आउने
- अप्ठेरो महसुस हुने
- खोकी लाग्नु
- जे होस छातीको दुखाइ हार्टअट्याकको कारण हुनसक्छ । केहि मानिसले हल्का दुखाइमात्र महसुस गर्छन् भने महिला,बृद्ध र मधुमेहको विरामीलाई छाती पनि दुखाइ हुँदैन ।
उपचार कसरी गर्ने त
- इसिजि गरेर
- औषधी लिइ हाल्ने
- पेसमेकर को प्योग गर्ने
- बाइपास सर्जरी
- मुटुको ट्रान्सप्लान्ट शल्यक्रिया