Logo

सिक्टा मूल नहरमा पानी छाडियो



काठमाडौं,मंसिर २४ । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहरमा पहिलोपटक सिँचाइका लागि पानी छाडिएको छ ।आयोजनाको मुख्य हेडवक्र्स अगैयाबाट ४५।३ किलोमिटर पश्चिमी मुख्य नहरमा पानी बगाएर पहिलोपटक किसानका तीन हजार हेक्टरभन्दा बढी खेतबारीमा प्रत्यक्ष पानी पुर्याएको सिक्टा सिँचाइ आयोजनाको इन्जिनियर एकराज भट्टराईले जानकारी दिए ।

अगैयाबाट पोरुवा हुँदै जेठानीसम्मको ४५।३ किलोमिटरको मुख्य नहरबाट ३४ हजार हेक्टर खेतबारीमा सिँचाइ गर्ने योजना रहे पनि अहिले हिउँदको सिजन भएकाले कम पानी छोडिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्