काठमाडौं, मंसिर २४ । दशरथ रंगशालामा मंगलबार १२ बजे संघीय संसद्का सांसद र संसद् सचिवालयका कर्मचारीले मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धा गर्ने कार्यक्रम रहेको छ । सांसद र कर्मचारीहरूले संसद् सेवा दिवसको अवसरमा उक्त मत्रैपूर्ण फुटबल प्रतिस्पर्धा गर्न लागेका हुन् ।
सांसदहरूका तर्फबाट राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कर्मचारीहरूका तर्फबाट संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले नेतृत्व गर्नेछन्।
सागको स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्न नेपाली र भुटानी फुटबल टिम २ बजे दशरथ रंगशाला प्रवेश गर्ने कार्यतालिका रहेकाले सांसद र कर्मचारीहरूको खेल २ बजे अगाडि नै सम्पन्न गर्ने कार्यतालिका छ।