Logo

रंगशालामा भीड नियन्त्रण गर्न प्रहरीको लाठीचार्ज, पत्रकारमाथि कुटपिट



काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) को अन्तिम दिन दशरथ रंगशालामा फुटबल खेल शुरु हुनुभन्दा चार घन्टा अगावै ठूलो भीड जम्मा भएको छ । मंगलबार विहानैबाट दर्शकहरु टिकट र पास मिलाउन प्रयासरत रहे ।

रंगशालामा आठ हजार टिकट विक्री भएपनि १५ हजार क्षमताको छ । बाँकी सात हजार भीआइपी र अन्य पासका लागि खाली राखिएको छ । त्यही सात हजारमा ठाउँ पाउन ठूलो भीड जम्मा भयो । टिकट लिएका र नलिएका हेरेर मूलगेटबाट छिराउने क्रममा स्थिति तनावग्रस्त भयो ।

प्रहरीले लाठीचार्ज गर्न थाल्यो । त्यस क्रममा पास भएका पत्रकाहरु समेत घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । पत्रकारहरुमाथि प्रहरी हस्तक्षेप र लाठीचार्जको सर्वत्र निन्दा गरिएको छ । रिपोर्टर्स क्लब नेपालले पत्रकारमाथि रंगशालामा भएको कुटपिटको भत्र्सना गरेको छ । क्लबका सभापति ऋषि धमलाद्धारा जारी विज्ञप्तिमा घटनाका दोषीमाथि कारबाही गरी पत्रकारको निःशुल्क उपचार गर्न माग गरेको छ । Photo: reportersnepal



प्रतिक्रिया दिनुहोस्

Screenshot