काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा भारतले १७४ स्वर्णसहित प्रथम स्थान हासिल गरेको छ । दक्षिण एशियाली खेलकुदमा भारतले लगातार वर्चश्व कायम राखेको छ ।
भारतले ९३ रजत र ४५ काँस्यसहित कुल ३१२ पदक जितेको छ । दोस्रो स्थान हासिल गरेको नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ काँस्यसहित कुल २०६ पदक जितेको छ ।
तेस्रो स्थानमा श्रीलंका रहेको छ । उसले ४० स्वर्ण, ८३ रजत र १२८ काँस्यसहित २५१ पदक जितेको छ । चौंथो स्थानको पाकिस्तानले ३१ स्वर्ण, ४१ रजत र ५९ काँस्यसहित १३१ पदक जितेको छ । पाचौं स्थानको बँगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ काँस्यसहित १३८ पदक जितेको छ ।
छैंठौं स्थानको मालदिभ्सले १ स्वर्ण र ४ काँस्यसहित ५ पदक जितेको छ । मालदिभ्सले कुनैपनि स्वर्ण जित्न सकेन । उसले ७ रजत र १३ काँस्यसहित २० पदक जितेको छ ।