Logo

दुई महिना पनि टिक्दैनन् कर्मचारी



काठमाडौं, मंसिर २४ । रामेछापको मन्थली नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत टेकराज रेग्मी मोरङ उर्लाबारी नगरपालिका सरुवा भए। रेग्मी उर्लाबारी पुगेको एक महिना नपुग्दै मेयर खड्गबहादुर फागो र उनीबीच विवाद सुरु भयो। दुई महिना नपुग्दै उनी त्यहाँबाट सरुवा हुन चाहे।

यसको जानकारी उनले संघीय मन्त्रालयलका अधिकारीलाई गराए। हाल उनी प्रदेश १ सरकारको उद्योग, पयर्टन तथा वन मन्त्रालयमा कार्यरत छन्। उनी भन्छन्, ‘मेयरसाबले कानुन बाहिर गई काम गर्न दबाब दिनुभयो। काननुबाहिर म जान चाहिन। त्यसैले म त्यहाँ धेरै समय टिक्न सकिन।’

फोगोले कानुन बाहिर गई करारका कर्मचाीलाई एक वर्ष म्याद थप गर्न दबाब दिएको रेग्मी गुनासो पोख्छन्। त्यसो त रेग्मी मन्थली नगरपालिकमा धेरै टिकेनन्। मन्थलीमा पनि उनी थोरै समय बसे। गत असोजमा उनले आफ्नो सरुवा प्रदेश १ को मन्त्रालयमा मिलाएका छन्।

यस्तो स्थिति उर्लाबारीमा मात्र छैन, प्राय देशभर स्थानीय तहमा यस्तै स्थिति छ। प्रायः सबै ठाउँमा लामो समय प्रमुख प्रशासकीय अधिकृत टिक्नै सक्दैनन्। अधिकांश नगरपालिकामा ६र६ महिनामा प्रमुख प्रशासकीय अधिकृत फेरिने गर्छन्। कुनै नगरपालिकामा त २÷३ महिनामै प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन्। स्थानीय तहको निर्वाचनपछि मध्यपुर ठिमी नगरपालिकामा ३ वटा प्रमुख प्रशासकीय अधिकृत फेरिएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot