Logo

यी राशीका मानिसको पहिलो नजरमा बस्नेछ माया



हामी सबैले सुनेको कुरा हो उनीहरु दुवैबीच प्रेम छ रे । उनीहरुको पहिलो नजरमा नै माया बस्यो रे । माया यत्तिकै पनि बस्दैन माया बस्नलाई सुन्दर रुप मात्र हुनु पनि होइन, आफ्नो ग्रह राशीले पनि सहयोग गर्नुपर्छ । धेरै व्यक्तिको लागी प्रेमले एक जादुई शक्ति जस्तो काम गरेको हुन्छ ।

तिनीहरुको बेहोस दिमाग अन्जानमा कसैप्रति आकर्षित हुन्छ । आम मानिसलाइ जिज्ञासा पनि हुन सक्छ । कस्तो प्रकारको मानिस चाँडै प्रेममा बाँधिन्छन् त आज हामी छिटो प्रेममा पर्ने पाँच राशी भएका व्यत्तित्वको बारेमा कुरा गर्छौ ।

मिन राशी हुने रोमान्टिक
मिन राशी भएका व्यक्तिहरु धेरै रोमान्टिक हुनुको साथै अरुको भलाईमा रमाउने खालका हुन्छन् । त्यसकारण जो कोहीपनि उनीहरुको सम्र्पकमा आउँछन् । उनीहरुले आफ्नै रंगीन विश्व बनाएको कारण आफैमा रमाउँछन । प्रेम केवल अनुभव मात्र नभएर उनीहरुले जीवन नै ठान्छन् । यीनीहरु सजिलै प्रेममा पर्छन ।

मेष राशीले धैर्यता राख्नसक्दैन
मीन राशी जस्तै मेष राशी सजिलै जो कोहीसँग पनि प्रेममा पर्न सक्छन् । यीनीहरु प्रेमको मामलामा धैर्य गर्न सक्दैनन र उनीहरुको स्वभावैले आक्रामक र छिटो निर्णय गर्ने भएकाले छिटो मायामा परिहाल्छन् । त्यस्ता व्यक्तिले जहाँसुकै जो कोहीलाई पनि प्रस्ताव गरिहाल्छन् ।

कर्कट राशीमा प्रेम गर्ने आइडिया हुन्छ
यो राशीको मानिसमा अरुलाई विस्वस्त पार्ने अधिक क्षमताको कारण द्रुत गतिमा प्रेममा पर्छन् । यस्ता व्यक्तिहरु को मनमा प्रेमको विचार धेरै हुन्छ यदी कसैसंग मेल खानेवित्तिकै मायामा परिहाल्छन् ।

सिंह राशीले मायामा छिटो निर्णय लिन्छ

सिंह राशीको व्यक्तिहरु निकै शक्तिशाली हुन्छन् । यीनीहरुमा जुनसुकै चीजको लागी उत्कृष्ट चाहना हुन्छ । धेरै विश्वासिला हुन्छन् । त्यसैले प्रेमको मामलामा पनि सिमानाको कम ख्याल गर्ने हुदा छिटो निर्णय लिन पुग्छन् ।

वृश्चिक राशीले प्रेम व्यक्त गर्न ढिलो गदैनन् 
यो राशीको मानिसमा प्रेमको ठुलो आर्कषण हुन्छ । यस्तो जोश भएको कारण जो कसैलाई पनि माया गर्छन । यीनीहरुले तुरुन्त नै कसेप्रति आफ्नो प्रेम व्यक्त गरिहाल्छन् । र छिट्टै प्रेममा परिहाल्छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot