Logo

गौरिकाको अबको टार्गेट : ओलम्पिकमा स्वर्ण जित्ने (भिडियोसहित)



काठमाडौं, १६ मंसिर । काठमाडौंमा हालै सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा चार स्वर्णपदक विजेता जलपरी गौरिका सिंहले अबको आफ्नो लक्ष्य भनेको ओलम्पिकमा स्वर्ण जित्ने रहेको सुनाएकी छिन् । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । सिंहले नेपालमा विस्तारै खेलुकदका पूर्वाधारको पनि विकास भएको सुनाईन् । यसलाई आगामी दिनमा अझै स्तरोन्नती र विस्तार गर्नुपर्नेतर्फ पनि उनले सरकारलाई सचेत गराईन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot