काठमाडौं, मंसिर २७ । घरेलु फुटबलको महत्त्वाकांक्षी सहिद स्मारक ‘ए’ डिभिजन लिग प्रतियोगितालाई कतार एयरवेजले मुख्य प्रायोजन गरेको छ। आजदेखि दशरथ रंगशालामा सुरु हुने लिगलाई कतार एयरवेजले एक लाख ५० हजार अमेरिकी डलर प्रायोजन गरेको हो।
सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा बिहीबार आयोजित कार्यक्रमबीच अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहमद इमरानले सम्झौतापत्र आदानप्रदान गरेका थिए।
सम्झौताअनुसार कतार एयरवेजले एन्फालाई दुई किस्तामा गरी ९० हजार र ६० हजार अमेरिकी डलर उपलब्ध गराउनेछ। यो सम्झौता एक वर्षका लागि हुनेछ। सम्झौतासँगै लिगको नाम ‘कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग’ रहनेछ। एन्फाले भने कतार एयरवेजको लोगोसहित प्रचारप्रसार र प्रोमोसनमा सहयोग गर्नेछ।‘ए’ डिभिजन लिगमा १४ क्लबको सहभागिता रहनेआजको अन्नपूर्ण पोस्टमा खवर छ ।