काठमाडौं, मंसिर २७। उपत्यकामा सार्वजनिक जग्गा अतिक्रमणमा उच्चपदस्थ र जनप्रतिनिधिकै संलग्नता रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जनप्रतिनिधि र उच्चपदस्थले नै सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै हटाउन माग गर्दै उजुरी पर्ने क्रम ह्वात्तै बढेको छ । प्रशासनले काठमाडांैमा अतिक्रमणमा परेका सार्वजनिक जग्गा हटाउने कार्ययोजना बनाउँदै गर्दा उजुरी पर्ने क्रम अत्यधिक बढेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।
उजुरीसँगै काठमाडौं प्रशासनले छानबिन थालेको छ । जिल्ला प्रशासन कार्यालयले अतिक्रमणमा संलग्नको नामावली नै सार्वजनिक गरी अतिक्रमण हटाउने तयारी थालेको हो ।काठमाडौं प्रशासनले अतिक्रमणलाई गम्भीरतापूर्वक लिएर स्थायी संयन्त्रमार्फत अतिक्रमण हटाइने तयारी थालिएको जनाएको छ ।राजधानी दैनिकबाट