काठमाडौँ, २७ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागका पदक विजेता खेलाडीलाई शुक्रबार नगर परिक्रममा गराइने भएको छ ।
बिहान ११ बजे त्रिपुरेश्वरबाट सुरु भई न्युरोड, इन्द्रचोक, मखन, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर, जडिबुटी, नयाँ थिमी, राधे–राधे, सल्लाघारी, सूर्यविनायक चोकको परिक्रमा गर्दै पुनः त्यही बाटोबाट कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, थापाथली हुँदै परिषद हातामा टुंगिने राखेपले जनाएको छ । बुधबार सकिएको सागमा नेपाली खेलाडीले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जितेका थिए ।
कान्तिपुर दैनिकबाट