काठमाडौं, २७ मंसिर । उच्च अदालत पाटनले ललितपुरस्थित् निदान अस्पतालका सिइओ विपेन्द्र प्रधानसहित ५ जनालाई धरौटीमा छोडेको छ। उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको संयुक्त इजलासले उनीहरुलाई धरौटीमा छाड्ने आदेश गरेको हो।
उच्चले निदानका कानुन व्यवसायी कुमुदकुमार भट्टराईलाई ९ लाख, सिइओ प्रधानलाई पाँच लाख धरौटी माग गर्ने आदेश गरेको थियो। उक्त आदेशपछि उनीहरु धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत ललितपुरले उनीहरु सबैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
ललितपुर जिल्ला अदालतको आदेशले कात्तिक २७ गते उनीहरुलाई थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध उनीहरुले २०७६ मंसिर ९, ११ र १५ गते उच्च अदालतमा निवेदन दिएका थिए। उनीहरुको निवेदनमा मुख्य न्यायाधीश सहितको संयुक्त इजलासले धरौटी माग गरेको हो।
आदेशसहित