काठमाडौं, मंसिर २८ । शुक्रबार राति धनुषा जिल्लाको क्षीरेश्वर नगरपालिका ५ कुसाई टोलस्थित एक औषधि व्यवसायीको घरमा भएको बम विस्फोटहुँदा घरधनी राजेश साह र उनका छोरा आनन्द साहको मृत्यु भएको छ । घटनामा ४ सुरक्षाकर्मी घाइते भएका छन् ।
निजी मेडिकल स्टोर सञ्चालन गर्दै आएका मृतक राजेशको घरमा राति शंकास्पद वस्तु देखेपछि उनका छिमेकीले ईलाका प्रहरी चौकीलाई सूचना दिएका थिए । सूचना पाएलगतै सुरक्षाकर्मीहरु घटनास्थल पुगेका थिए ।
सुरक्षाकर्मीहरु निजको घर पुग्दा शंकास्पद वस्तु विस्फोट भई बाबु(छोराको मृत्यु भएको थियो । विस्फोटमा परि चार प्रहरी धाइते भएका छन्। घाइते सुरक्षाकर्मीहरुलाई उपचारका लागि राति नै धरान लगिएको थियो । प्रहरीका अनुसार धाइतेमध्ये प्रहरी निरीक्षक अमीरकुमार दाहालको अवस्था चिन्ताजनक रहेको छ ।