नयाँदिल्ली, मंसिर २९ ।बलिउड अभिनेता अजय देवगनको नयाँ फिल्म ‘तानाजी’ विरुद्व अदालतमा मुद्दा दायर भएपछि विवादमा मुछिएको छ ।अखिल भारतीय क्षेत्रीय कोली राजपुत संघले दिल्ली उच्च अदालतमा उक्त फिल्म विरुद्ध मुद्दा दायर गरेको हो । जहाँ निर्देशक ओम राउतले फिल्ममा तानाजीको असली वंश नदेखाएको आरोप लगाइएको छ ।
उनीहरुले अदालतसँग सेन्सर बोर्डलाई उक्त फिल्मलाई सर्टिफिकेट नदिन आग्रह गरेका छन् । उक्त मुद्दाको सुनुवाइ आगामी डिसेम्बर १९ मा हुने बताइएको छ । फिल्मले तानाजी भन्दै मराठा समुदायलाई देखाएको संघको आरोप छ ।