Logo

भारतसंग बंगलादेशले आफ्ना नागरिककोे सूची माग्यो



३० मंसिर । बंगलादेशले भारतसंग आफ्ना नागरिकको सूची पेश गर्न आग्रह गरेको छ । बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले भारतमा रहेका अवैध बंगलादेशी नागरिकको सूची मागेका हुन् ।

भारतमा अवैध रुपमा रहेका बंगलादेशी नागरिकको सुची मागेका छौँ, सूची दिएमा हामी आफ्नो नागरिकलाई फिर्ता लैजान स्वीकृती दिने विदेशमन्त्री अब्दुलले बंगलादेशी सञ्चारमाध्यम मार्फत आइतबार भनेका छन् ।

भारत र बंगलादेशबीचको सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै यसकारण सम्बन्धमा असर नपर्ने समेत जनाएका छन् । भारतमा तत्काल जारी नागरिकता विवाद चर्केपछि बंगलादेशले आफ्नो नागरिकको सूची मागेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot