काठमाडौं, ३० मंसिर । यी हुन् गोविन्द बस्नेत र प्रकाशध्वज बस्नेत । उदयपुर त्रीयुगा-३ घर भई स्थायी घर भई काठमाडौंमा बस्दै आएका यी दाजुभाईले दर्जनौं व्यक्तिलाई यूरोपका विभिन्न मुलुक पठाइदिने भन्दै पैसा लिएर फरार भएका छन् ।
पीडितहरुलाई पोल्यान्ड, माल्टा, खाडी मुलुकमा पुर्याइदिने भन्दै करोडौ रकम असुलेका छन् । बस्नेत दाजुभाईमाथि प्रहरीमा उजूरी परेपछि फरार छन् ।
बस्नेत दाजुभाईबाट पीडित भक्तबहादुर विकका अनुसार विदेश पठाइदिने भन्दै लालच देखाउने र पैसा असुल्ने गरेर फरार भएपछि दर्जनौं व्यक्ति उनीहरुबाट पीडित छन् । साँढे दुई लाख पैसा खाएपछि विक प्रहरीमा उजूरी गर्न पुगेका थिए ।
बस्नेत दाजुभाईबाट पीडितहरु धमाधम प्रहरीकोमा पुगेका छन् । कतिपयलाई अफगानिस्तानमा सुरक्षागार्डको अवसर दिलाउने भन्दै रकम असुलिएको भेटिएको छ । यसबारे गोविन्द बस्नेत र प्रकाशध्वजसँग बुझ्न सम्पर्क गर्न खोज्दा मोबाइल अफ गरिएको छ ।
उनीहरुले डन इन्टरनेशनल ओभरसिज चलाएका थिए । ठगीका कारण उक्त कम्पनि खारेजीमा परेको छ । कम्पनि खारेजीमा परेपनि उनीहरु विदेश पठाउने भन्दै ठगीमा सक्रिय भइरहेका थिए । प्रहरीका अनुसार उनीहरुले करोडौं ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।