काठमाडौं, पुस १ । गत शनिबार अभिनेता दीपक क्षेत्रीको श्रद्धाञ्जली सभा बोर्डको प्रांगणमा गर्ने र आर्यघाटको एक नम्बर चिता सजाएर अन्त्येष्टि गर्न बजेट पास गराएका वरिष्ठ अभिनेता केशव भट्टराईको सोहि दिन बेलुका अकस्मात मृत्यु भयो ।
दोस्रो दिन चलचित्र विकास बोर्डको प्राङगणमा सहपाटीको पार्थिव शरिरलाई श्रद्धाञ्जली दिने कार्यक्रम बनाएका बोर्डका अध्यक्ष समेत रहेका भट्टराई बेलुका आफै रहेनन् । दीपकको दाहासंस्कार गर्न चिता बनाउनेदेखि सम्पूर्ण तयारीका लागि भट्टराईले नै जिम्मा दिएका थिए ।
तर, दुर्भाग्य, क्षेत्रीका लागि भनेर सजाइएको आर्यघाटको १ नम्बरको चितामा सोमबार बेलुका भट्टराईकै पार्थिव शरीर जलाइयो भने अभिनेता क्षत्रीको पनि भट्टराईसँगै २ नम्बर चितामा राष्ट्रिय सम्मानसाथ दाहसंस्कार गरियो ।दीपकको श्रद्धाञ्जली र अन्त्येष्टिमा मलामीका रूपमा सहभागी हुने सोच बनाएका भट्टराई दीपकसंगै जल्न पुगे।