काठमाडौं, पुस १ । आन्तरिक वायुसेवा कम्पनी यती एयरलाइन्सले सोमबार काठमाडौंबाट जनकपुर उड्न तयार७२ यात्रुलाई अलपत्र पारेको छ। सोमबार दिउँसो २ः३५ बजेको उडान तालिका सार्वजनिक गरेको कम्पनीले बेलुका पाँच बजेसम्म जहाज नउडाएर विमान चढिसकेका यात्रुलाई अलपत्र पारेको हो।
विहान १०ः१० बजेकोयतीको पहिलो उडानबाट जनकपुर जान विमानस्थल पुगेका पूर्वमन्त्री रामचन्द्र झाले खराब मौसम भन्दै कम्पनीले दिउँसो १२ बजेसम्म उक्त विमान नउडाएको जानकारी गराए। दिउँसो १२ बजे मौसम सुध्रिएपछि १०ः१० बजेका लागि तोकिएको विमान उडे पनि आफ्नो नाकबाट एक्कासि रगत बग्न थाल्दा त्यसमा जान नपाएको उनको भनाइ छ।
‘उक्तफ्लाइटमा लैजान नसकेपछियतीले दिउँसो२ः३५ बजेको अर्को फ्लाइटको टिकट दियो तरफेरि मौसम बिग्रेको बहानामा त्यो उडान रद्द गरेर दर्जनौं यात्रुलाई अलपत्र पा¥यो,’ पूर्वमन्त्री झाले भने। उक्त जहाजमा जनकपुर जान ७२ यात्रुले टिकट लिएका थिए।
यतीले फेरि मौसम बिग्रैको भन्दै २ः३५ को उडान रद्द गरे पनि अर्को कम्पनी बुद्धले भने सोही समयमा उडान भरेको झाको भनाइ छ। रद्द भएको उडानका अधिकांश यात्रु दक्षिण भारतीय रहेको जनाउँदै उनले विमान कम्पनीको यस्तो लापरवाहीले विदेशीहरुमा नकारात्मक सन्देश जाने बताए।
‘दुई बजे नै विमान चढेका हामी पाँच बजेसम्म पनि भित्रै छौं। कम्पनीका जिम्मेवार अधिकारी कोही पनि उडानबारे जानकारी दिन आएका छैनन्।सामान्य कर्मचारीले विमानबाट उत्रन र नउत्रिए प्रहरी बोलाउनेधम्की दिए,’ उनले भने। बेलुकासम्म उडान नभएपछि विमानभित्रै कर्मचारी र यात्रुबीच भनाभन भएको उनले जानकारी गराए।नागरिक दैनिकबाट