काठमाडौं, १ पुस । कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराईले आज पद तथा गोपनियताको सपथ लिएकी छिन् । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले भट्टराईलाई मंगलबार दिउँसो १ बजे सिंहदरबारस्थित कृषि समितिको हलमा सपथ खुवाएकी हुन् ।
सपथ खाएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै सांसद भट्टराईले निर्वाचनको बेला जनतसँग गरेका सबै वाचा तथा प्रतिबद्धताहरु पूरा गरेरै छोड्ने स्पष्ट पारिन् ।
भट्टराई गत मंसिर १४ गतेको प्रतिनिधि सभाको उपनिर्वाचनमा कास्की-२ मा कांग्रेस उम्मेद्वार खेमराज पौडेललाई ८ हजार मतान्तरले पराजित गरेर सांसद चुनिएकी थिइन्। भट्टराईले २४ हजार ३ सय ९४ मत र खेमराजले १५ हजार ९ सय ९१ मत ल्याएका थिए।
तस्विर : ईश्वर कार्की, रिपोर्टर्स नेपाल डटकम