Logo

कांग्रेसमा गुटलाई घृणा गर्ने नेता शेखर कोइराला



काठमाडौं, १ पुस। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइराला पार्टीभित्रको कुनैपनि गुटगत बैठकमा सहभागी भएनन् । उनी सुरुदेखि नै पार्टीमा गुट उपगुट गर्न नहुने पक्षका नेताको रुपमा परिचित छन् । यसपटक केन्द्रिय कार्यसमिति बैठक सुरु हुनुअघि नै सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच गुटगत बैठक भए । त्यसमा पनि उनी कतैपनि सहभागी भएनन् ।

पार्टीको महाधिवेशनलाई मुख्य एजेण्डा बनाउने कि नबनाउने भन्ने विषयमा देउवा र पौडेल समूहबीच असहमति भएको थियो । दुई समूहबीचको विवाद छताछुल्ला भएपछि दुवै समूहका दोस्रो तहका नेताहरु सहमतिको लागि वार्ता तथा छलफलमा जुटेका छन् । तर, अहिलेसम्म सहमति जुट्न सकेको छैन् । नेता पौडेल त केन्द्रिय समितिको बैठक छल्न पूर्वी जिल्लाको भ्रमणमा गएका थिए ।

पार्टीभित्र अहिले देखिनेगरि तीन गुट छन् । एउटा गुटको नेतृत्व सभापति देउवाले गरिरहेका छन् । अर्को गुटको पौडेलले । यी दुवै गुट चलिरहँदा कृष्ण प्रसाद सिटौलाले पनि अर्को गुट चलाईरहेको आरोप छ । तर, नेता शेखर कोइराला अहिलेसम्म कुनैपनि गुटमा सहभागी छैनन् । उनको यही कार्यशैलीले गर्दा कांग्रेस नेता तथा कार्यकर्ताले उनलाई रुचाएका छन् ।



प्रतिक्रिया दिनुहोस्