Logo

यसवर्ष ४९ पत्रकार मारिए, युद्धमा भन्दा संगठित अपराधको खोज गर्दा हत्या



सन् २०१९ मा सँसारभर ४९ जना पत्रकार मारिएका छन् । यो संख्या अन्य वर्षका तुलनामा कम भएपनि पत्रकारहरु मारिने क्रम रोकिएको छैन ।

विश्वभर ५७ जना पत्रकार भने अझै बन्धक रहेका छन् । तीन सय ८९ जना पत्रकार जेलमा रहेको तथ्यांक छ । विगत २० वर्षको तुलना गर्दा प्रत्येक वर्ष करिब ८० जना पत्रकार मारिएको तथ्यांकले खुलाएको छ । त्यसमध्ये सन् २००३ देखि यस वर्ष पत्रकार मर्ने संख्या कम रहेको छ । कतिपय पत्रकाहरु युद्धग्रस्त क्षेत्रमा मारिएका छन् ।

६३ प्रतिशत पत्रकारको हत्या भने जानीजानी भएको छ । तथ्यांक अनुसार मेक्सिको, ल्याटिन अमेरिकामा बढी पत्रकार मारिएको जनाइएको छ । यसपाली अमेजनमा लागेको आगजनीका कारण पनि कतिपय पत्रकारहरु प्रभावित भएका छन् । वार जोन भन्दा पनि बढी संगठित अपराधका बारेमा खोजी गर्ने क्रममा पत्रकारहरु दुर्घटनामा परेका छन् । प्रजातान्त्रिक मुलुकहरुमा पनि पत्रकारहरु सरक्षीत नभएको जनाइएको छ । त्यसकारण ती मुलुकहरुलाई पनि पत्रकारको सुरक्षा गर्न चुनौती समेत रहेको छ ।



प्रतिक्रिया दिनुहोस्