काठमाडौं, १ पुस । आज पुस १ गते । काठमाडौं र काठमाडौं बाहिर दोस्रो राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले गत वर्षबाट यो दिवस मनाउँदै आएको छ ।
नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले गतवर्षबाट डिसेम्बर १६ मा यो दिवस मनाउन थालिएको अभियन्ता राजानन्द माण्डव्यले बताए । राष्ट्रिय झण्डा विश्वसामु स्वतन्त्र छ भएपनि नेपालमा नारा, जुलुस र बन्द, हड्तालमा यसको प्रयोग बढिरहेको उनले बताए । सन् १९६२ डिसेम्बर १६ मा अन्तर्राष्ट्रिय रुपमा नेपाली राष्ट्रिय झण्डाको रुपमा स्थापना गरिएको दिनको सम्झनामा दिवस मनाउन सुरु गरिएको हो ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम