Logo

चैत ६ देखि एसईई



काठमाडौँ, २ पुस । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई चैत ६ मा सुरु हुने भएको छ । परीक्षा १७ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले मंगलबार प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

बोर्डले नियमित ग्रेड वृद्धि तथा प्राविधिक परीक्षा पनि चैत ६ मै सुरु हुने बताएको छ । परीक्षाका बेला आकस्मिक बिदा पर्न गए परीक्षा नियन्त्रण कार्यालयको पूर्वसूचनाबिना परीक्षा स्थगित नहुनेसमेत जानकारी दिएको छ । एसईई बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्